सूचनाको शक्ति - The Power Of Information

        

आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यका अनुसार आज वाग्मतीसहित प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले भने सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् शाक्यले बताउनुभयो । तर, दिउँसो पछि भने सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने उहाँले बताउनुभयो ।

यस्तै, आज राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अबको एक/दुई दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०९:१४