सूचनाको शक्ति - The Power Of Information

        

सुनकाे मूल्य आज पनि घट्याे

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छपावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १२:१७