सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् विश्वकै ठूलो मुख भएकी महिला

काठमाडौं । अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।

आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी भएको उनले थाहा पाइन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनी गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् ।

३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्स छन् । ‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ उनी भन्छिन् । भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत छन् । (सीएनएन)

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १०:५९