सूचनाको शक्ति - The Power Of Information

        

बस दुर्घटनामा ११ जना घाइते

बागलुङ। बागलुङको गल्कोट नगरपालिका–१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन् । काठमाडौंदेखि बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्रीबस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो ।

बसमा सवार २२ जनामध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिए । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याउँदै गरिएको छ । बस चालक चित्रबहादुर खड्का प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ०९:२१