सूचनाको शक्ति - The Power Of Information

        

बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको बिरालो हराएको छ । मनिषाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन् ।

उनले बिरालो तीन दिनअघि हराएको बताएकी छन् । मनिषाले बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गर्दै छिट्टै घर फर्किने विश्वास लिएकी छन् । मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ०८:५७