सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा डुंगा पल्टिँदा एकको शव भेटियो, तीन बेपत्ता

सुर्खेत । कर्णाली नदीमा आइतबार डुंगा पल्टिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकीमा पठाइएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए ।

कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए । उनले भने, ‘विजौरामा आइतबार खोप लगाउने कार्यक्रम थियो । उनीहरु आफ्ना बच्चालाई नियमित खोप लगाउन विजौरा आउन लागेका थिए ।’ उनका अनुसार बेपत्ता भएका व्यक्तिहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार १५:३१