सूचनाको शक्ति - The Power Of Information

        

मौसमी विपत्ति

भीमथाङ पहिरो : जसले हेलम्बु र मेलम्ची बजारलाई बगर बनायो (फोटोफिचर)

काठमाडौं । हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ । मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर बाढी आएको छ । बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगाएको छ । गत असार एक गते

भीषण बाढी र पहिरोले जोखिममा परेका हेलम्बुका घर रातिको बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति पुर्याएको थियो । तीन तलाको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातीको बाढीले पूरै भवन नै बगाएको खनालले बताए ।

उनका अनुसार बाढीले रेडियोको भवनसहित ७ वटा पक्की र ६ वटा कच्ची गरी १३ वटा घर बगाएको छ । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएको कारण बाढी आएको हुनसक्ने अनुमान गरि पनि कुन ठाउँमा पहिरो गएको भन्ने यकिन हुन सकेको छैन । बाढीले हेलम्बु र मेलम्ची जोड्ने चनौटेमाथिको रातो पुल बगाएको छ ।

चनौटेस्थित रातोपुल बाढीले बगाएपछि मेलम्ची बजार र हेलम्बु गाउँपालिको सडक सञ्जाल टुटेको छ । मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका धेरै वडा जोड्ने एकमात्र विकल्पको पुल गएरातिदेखि उर्लिएको बाढीले बगाएको हो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षण पश्चात भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान छ ।

तस्वीरहरु : सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार १२:२७