सूचनाको शक्ति - The Power Of Information

        

मेलम्ची उर्लिरहेकाले सतर्क रहन प्रशासनकाे आग्रह

सिन्धुपाल्चोक । मेलम्ची किनाराका बासिन्दालाई थप क्षति हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरिएकाे छ । मेलम्ची उर्लिरहेकाले क्षतिकाे सम्भावना बढेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले  सतर्क रहन आग्रह गरेकाे हाे ।

शनिवार रातिदेखि आएको बाढीले राताे पुल बगाइसकेकाे र ग्यालथुम बजारसमेत जोखिममा रहेकाले सजगता अपनाउन आग्रह गरिएकाे  प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल समेत बगाएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा ग्याल्जेन शेर्पाले​ नाकोते खोलामा बाढी आएकाले मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई रातिदेखि नै सतर्क हुन अनुरोध गरिएकाे बताउनु भएकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार ०९:१२