सूचनाको शक्ति - The Power Of Information

        

तलब वृद्धि नभएको भन्दै थलाराका विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता आन्दोलनमा उत्रिए

बझाङ । थलारा गाउँपालिकाका विद्यालय कर्माचारी र बाल शिक्षा सहजकर्ताले सरकारले तोके अनुसार तलब वृद्धि नभएको शुक्रबार थलारा गाउँपालिकामा धर्ना दिएका छन् ।

नेपाल सरकारले गत बजेट भाषणमा न्यूनतम तलब १५ हजार ५ सय दिने घोषणा गरे पनि गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै शुक्रबार विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ताहरूले गाउँपालिकाको भवन अगाडी ३ घण्टा धर्ना दिएका हुन् ।

आफूहरूको आन्दोलन जारी रहेको र माग पूरा गराउन शुक्रबार धर्ना दिएको विद्यालय कर्मचारी संगठनका अध्यक्ष चन्द्रदेव जोशीले बताउनुभयो ।

जोशीका अनुसार गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय तलब वृद्धि गर्न सकारात्मक देखिएकाले हाललाई धर्ना रोकिएको छ ।

नेपाल सरकारले न्युनतम १५ हजार ५ सय तलब घोषणा गरेपछि बझाङका केही स्थानीय तहहरूले उक्त निर्णय कार्यान्वयन गरे पनि थलारा गाउँपालिकाले सम्बोधन नगरेको आन्दोलनरत कर्मचारीको भनाई छ ।

थलारा गाउँपालिका भरी ४१ विध्यालय र विध्यालयहरु टाढा रहेका समुदायमा ७ वटा गरी गाउँपलिका भरी ४८ वटा विध्यालय रहेका छन । थलारा गाउँपालिकाभरि करिब ८० जना बालशिक्षा सहजकर्ता र विध्यालय कर्मचारीहरु रहेका छन् ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले भन्नुभयो, “स्थानियतहहरु बाट कार्यालय सहयोगि र बालकक्षाका कर्मचारीलाई ७ हजार दिनुपर्ने नेपाल सरकारको निति तथा कार्यक्रममा भनेको भए पनि हाल सम्म बजेट नआएकाले हामीले उहाँहरुको माग पुरा गर्न सकेका छैनौ ।

हामी बजेटको माग गर्छु । बजेट माग गरेर पनि आएन भने अरु स्थानियतहहरु जसरी गए सोहि अनुसार हामीहरु पनि जान्छौ ।”

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार ०८:४३