सूचनाको शक्ति - The Power Of Information

        

स्थायी कमिटि बैठक

एमाले स्थायी कमिटि बैठक बस्दै, पार्टीको केन्द्रीय विभागहरुलाई पूर्णता दिने

बैठक तुलसीलाल स्मृति भवन च्यासलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक डाकिएको छ ।

दिउँसो ३ बजे बस्ने गरि बैठक डाकिएको हो । पार्टी मुख्य सचिव शेरवहादुर तामाङका अनुसार बैठक तुलसीलाल स्मृति भवन च्यासलमा बस्नेछ ।

आजको बैठकले पार्टीको केन्द्रीय विभागहरुलाई पूर्णता दिने तयारी गरेको छ । तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीको विषयमा पनि छलफल हुनेछ ।

यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको छ । यस्तै बैठकमा पार्टी सदस्यता र नविकरणको तथा वितरणको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

मुख्यतः तीनबटा बैठकका एजेण्डा छन् , सचिव तामाङले भन्नुभयो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार ०८:२७