सूचनाको शक्ति - The Power Of Information

        

भदौंमा मिस्टर नेपालगञ्जको दोस्रो अडिसन, अबिवाहित पुरुषले भाग लिन सकिने

बाँके । नेपालगञ्जमा मिस्टर नेपालगञ्जको दोस्रो अडिसन हुने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर आउने भदौमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था सयपत्री फाउन्डेशनका सदस्य प्रेमा ओलीले बताइन् ।

उक्त प्रतियोगितामा १४ बर्षदेखि २८ बर्षसम्मका अबिवाहित पुरुषले भाग लिन सकिने आयोजकले जनाएको छ । २०१९ मा सम्पन्न गरेको मिस्टर नेपालगञ्ज कोरोना संक्रमणका कारण २०२० मा सम्पन्न गर्न सकेको थिएन ।

अहिले प्रतियोगितालाई निरन्तरता दिँदै आयोजकले मिस्टर नेपालगञ्जको दोस्रो सिजन आयोजना गर्न लागेको छ । त्यसका लागि मिस्टर नेपालगन्जको फेसबुक पेजबाट सम्पर्क गरेर फरम भर्न सकिने आयोजक टिमका सदस्य सुबास खड्काले बताए ।

राजिस्ट्र्शनबाट आएका प्रतिस्पर्धीलाई अडिसनबाट छनोट गरेर टे«निङ गराई प्रतियोगिताको अन्तिमसम्म प्रतिस्पर्धा गराइने छ ।

प्रतिस्पर्धाबाट छनोट भएका ३ जना बिजेतालाई नगद पुरस्का, प्रमाणपत्र सहित बिभिन्न समाजिक र मोडलिङका क्षेत्रमा अगाडी बढाइने आयोजक टिममा सदस्य राज भण्डारीले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १८:५९