सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा ३६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ६६१ जनामा कोरोना परीक्षण गरिएको थियो । यस अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोना मुक्त भएका छन् । यस्तै काठमाडौंमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना गरी उपत्यकाभित्र कूल ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १७:१९