सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपा नेता डा.धवलशम्शेर राणाले भने, ‘…नत्र एमसीसी खारेज गरौं’

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा.धवलशम्शेर राणाले एमसीसी सहयोग बिना पनि नेपाल अगाडि बढ्न सक्ने बताएका छन् । ‘जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो,’ नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा.राणाले भने ।

‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यतिधेरै चासो, चिन्ता र विरोध किन छ ?’ नेता डा.राणाले ट्वीट गर्दै भनेका छन्, ‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नुपर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौं ।’

राप्रपाका प्रभावशाली नेता डा.राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने माग र बहस राप्रपाभित्र व्यापक बनिरहेको अवस्थामा लोकप्रिय नेता डा.राणाले नेतृत्वको लागि दावी अघि सारेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १५:१५