सूचनाको शक्ति - The Power Of Information

        

थपिए ३३ सय ६५ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७ गर्दा १०३० मा संक्रमण देखिएको छ ।

१४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा ३३ सय ६५ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १९:४७