सूचनाको शक्ति - The Power Of Information

        

अखिल फोर्सको राष्ट्रिय भेला, माधव नेपालले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले साउन १६ गते शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको जानकारी दिए ।

उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्नेछन् । उक्त भेलाको तयारीस्वरुप आज उपत्यकास्तरीय विशेष भेला राखिएको पराजुलीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट संगठनले युथ फोर्स गठन गरेपछि माधव समूहले त्यसको काउन्टरमा अखिल फोर्स गठन गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०९:३३