सूचनाको शक्ति - The Power Of Information

        

टोकियो ओलम्पिकमा आज ८ खेलमा १७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकमा आज १७ स्वर्ण पदकका लागि खेलहरु हुनेछन् ।

आज जिम्न्याष्टिक, क्यानो स्लालोम, फेन्सीङ, जुडो, रोवीङ, शुटिङ, पौडी र टेबल टेनिसमा स्वर्ण पदिकको लागि भिडन्त हुनेछ ।

यसैबीच ओलम्पिकमा हालसम्म कूल ९५ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसअनुसार रसियन ओलम्पिक टीमसहित ३५ राष्ट्रले स्वर्ण पदक हात पारेका छन् ।

आयोजक जापानले चीन र अमेरिकालाई पछि पार्दै आफ्नो अग्रता कायम गरेको छ । जसअनुसार १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको छ ।

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ । अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ ।

यस्तै रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीन÷तीन स्वर्ण जितेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:५८