सूचनाको शक्ति - The Power Of Information

        

बझाङ जिल्लामा एमाले एकताको छलफल अन्तिम चरणमा

बझाङ । नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढदै गएको बेला बझाङमा भने एमाले एकै ठाँउमा हुने भएको छ ।

पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागी गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागी छलफल भईरहेको नेकपा एमालेका बझाङ जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकताका लागी भईरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । कोडिनेसन तथा छलफल प्रभावकारी बन्दै गएको छ ।

जिल्ला भित्र तथा जिल्ला बाहिर रहेका नेताहरुसंग फोन तथा भेटेरै छलफल भैरहेको छ ।” जिल्लाका शिर्ष नेताहरुले केहीदिन भित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश दिने समेत अध्यक्ष ओखेडाले बताउनुभयो ।

पुर्व वनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझाव अनुसार आफुहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोहि कमिटिलाई आधार मानेर एकताको पक्षमा उभिएको बताउनुभयो ।

उहाँले भन्नुभयोे, “एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलको सुझाव अनुसार अगाडी बढन सहमत भएपछि हामीहरु एकताको पक्षमा उभिएका हौ ।

जिल्लामा पार्टी एकताका लागी छलफल भैरहेको छ । सम्भव भए सम्म हामी चाडै नै निष्कर्षमा पुग्ने छौ । जिल्ला स्थित अन्य नेता तथा कार्यकर्ताहरुसंग पनि छलफल भईरहेकाले बझाङ जिल्ला बाट चाँडै एमाले एकताको सन्देश दिने जोशीको बताउनुभयो ।

बझाङमा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु लागि परेका छन । हाल सम्म जिल्लाको एकताको पक्षमा सबै नेताहरु सकरात्मक भएको र एकताको छलफल करिब अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज आशा कुमारी विकले बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:३१