सूचनाको शक्ति - The Power Of Information

        

जेष्ठ नागरिकको साहारा सामाजिक सुरक्षा भत्ता

बझाङ । तलकोट गाउँपालिका –६ घर भएकी किजी विष्ट आफ्नो उमेर कति भयो भनेर आफैलाई थाहा छैन । केहि बर्ष अघि श्री मानको मृत्यु भए पछी विष्ट एकल भत्ता बुझ्दै आउनु भएको छ ।

किजीका छोरा बुहारी त छन । उनिहरु दोघरे लेकमा बस्ने गरेका छन । विष्टको साहारा भनेकै पछिल्लो समय भत्ता भएको छ । त्यहि आएको पैसाले नुन, तेल, लुगा फाटो घर खर्च त्यसै बाट चलाउदै आउनु भएकी किजी विष्टले भन्नुभयो, ‘सरकारले भत्ताको व्यवस्था नअर्या भया गाह्रो हुन्थ्यो होला ।

बुढेस काल हात, खुटमा रगत सकिदै गयो । सबै भन्दा ठुलो पेट रहेछ । पेटले खाना खोज्छ । घरमा खासै खेतपाती पनि छैन । उथा के गर्नु भत्ता बाट पैसा आउनाले बस्ने बाटो भएको छ ।’

विष्ट मात्र हैन तलकोट गाउँपालिकाको सोहि वडामा घर भएका गोरे विष्ट आफु लाई बर्षले ७७ पुगेको बताउनु हुन्छ । विष्टले खान लाई खेत छन भनेकी छैन भन्ने, उब्जनी भयाको त्यो अन्न देला वालो लगाउन पुग्दैन ।

सरकारले दिने गरेकोे भत्ताबाट गहुँ, चामल,दाल सबै उस ैबाट चलाउदै आएको छु । भत्ता बुझ्ने भएकाले गाउँका व्यापारी हरुले पनि कहिले काँही उदारो पनि पत्याउ छन । भत्ता आए पछी दिउला भन्दै पसल बाट उदारो सामान लिने गर्या छु । भत्ता आउनु अगाडी नै उदारो खाईसकेको हुन्छु । ’

विष्टले स्थानिय सरकार आए पछी स्थानिय स्तरमै काम पाईने गरेको बताउनु भयो । ‘गाउँमा सरकारी भवन लागेका छन । सक्नेले त आफ्नो सिप अनुसारको काम ढुंगा बोक्ने, बान्नु चिन्ने, पलाष्टर गर्ने, कामगर्छ म सक्दिन केहि थप नुन, तेल होला भनेर बसिबसि सकिनसकी गिट्टि कुट्न लागेको छु । सरकार धन्य होस ।’

कतिपय जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताले निकै सहयोग भएको पाईएको र कतिपय छोराछोरी नहुने जेष्ठ नागरिकलाई साहारा जस्तै भएको तलकोट गाउँपालिका अध्यक्ष लाल बहादुर विष्टले बताउनुभयो ।

यस बर्ष देखी भने बैंङ्ककिङ प्रणालि मार्फत भत्ता वितरण हुने हुनाले जेष्ठ नागरिकहरुलाई हिडडुल गरेर बैंङ्क सम्म गएर भत्ता बुझ्न समस्या हुने गरेको तलकोटका स्थानिय गोरे विष्टले बताउनुभयो ।

यस्तै जयपृथ्वी नगरपालिका –१ कैलास घर भएकी गम्भिरा सिंह पनि केहि बर्ष देखि एक्लै बस्दै आउनुभएको छ । खेति छैन । बर्षाले घर चुईन थालेपछी केहि आफैले र केहि जेनतेन मागेर घरमा पाल हाल्नु भएको छ ।

‘पाएको भत्ता खानलाई ठिक्क हुन्छ । सरकारले खरले छायको घरमा टिन हालिदिने भनेको सुनेकी छु । टिन पाएभने ठिक हुन्थ्यो ।’

जयपृथ्वी नगरपालिका –१ का वडाअध्यक्ष गगन बहादुर सिंहले गाउँमा समस्यामा रहेका कतिपय जेष्ट नागरिकहरुले भत्ता बुझेर नै घरखर्च चलाउने गरेको बताउनुभयो ।

गत बर्ष खरले छोयका ११ घरमा टिनको व्यवस्था गरिएको र बाँकि घरहरुलाई यो बर्ष समेट्ने समेत वडाअध्यक्ष सिंहले बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:२७