सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया धान उत्पादनमा आत्मनिर्भर

काठमाडौ । बर्दिया जिल्ला अन्य बालीसँगै धान खेतीमा आत्मनिर्भर भएको छ । जिल्लामा उत्पादित खाद्यान्न निर्यात पनि हुँदै आएको हो ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । बर्दियामा वर्षे र हिउँदे गरी बाह्रै महिना धानखेती हुन्छ ।

वर्षे धानको ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर तथा हिउँदे धानको ५ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व छ ।

बर्दियामा गत वर्ष बर्खे धानको उत्पादन २ लाख २६ हजार ६२८ मेट्रिक टन र चैते धान ५ हजार ४ सय ८९ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लामा धानखेती गरिने ७० दशमलव ८२ प्रतिशत भूमिमा सिँचाइ सुविधा छ । लुम्बिनी प्रदेशका जिल्लामध्ये बर्दिया, बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा बढी धान उत्पादन हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ११:४८