सूचनाको शक्ति - The Power Of Information

        

जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ ।

बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ ।

यसअघि हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको थियो । दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता बन्नुभएको छ । निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि यादवै दलको नेता बन्नुभएको हो ।

हिजोको बैठकमा महन्थ पक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएनन् । साथै हिजोको बैठकले लुम्बिनी प्रदेशका जसपाका तनि सांसदलाई कारबाही गरेको छ ।

बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ११:४१