सूचनाको शक्ति - The Power Of Information

        

‘हलो क्रान्ति’ को ७२ वर्ष पूरा

काठमाडौं । लमजुङको दुराडाँस्थित अर्चल्यानीमा ब्राहमणहरुले पहिलो पटक हलो जोतेको ७२ वर्ष पूरा भएको छ ।

२००६ सालमा स्थानीय पाण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जना ब्राम्हणहरुले पहिलो पटक हलो जोतेपछि हलो क्रान्तिको सुरुवात भएको थियो ।

देशमा प्रजातन्त्रको उदय हुनुअघि वि. सं. २००६ साल साउन १२ गते लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामूहिक रुपमा हलो जोतेका थिए ।

बाहुनले हलो जोतेको १ वर्षसम्म जताततै एउटा गीतको हल्ला खल्ला मच्चियो ।

”शोककान्त लेप्टन, हरिभक्त तिघे्,
तोयानाथ पण्डित हलो जोति बिग्रे”

राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै विरोध गर्न थाले ।

हलिप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेप्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिाकरीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

कारोबार

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०७:३५