सूचनाको शक्ति - The Power Of Information

        

अज्ञात समूहद्वारा सहकारी संस्थाको जीपमा आगजनी

बझाङ । बझाङमा गएराती अज्ञात समूहले सहकारी संस्थाको जीपमा आगजनी गरेका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले जीप आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए ।

गाउँमै पार्किङ गरी राखेको म १ च ७८३ नम्बरको जीपमा गएराति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजानी गरिएको छ । आइतवार राति करिब १२ बजेतिर जीपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ ।

आगजनीबाट जीपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०७:२०