बझाङ । बझाङको मष्टा गाउँपालिका – ५ द्वारीमा विहिबार राती परेको अविरल बर्षाका कारण आएको बाढीले लघुजलविधुतको भवन बगाएको छ ।
जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविधुत आयोजनाको भवन बगाएको हो । करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविधुत आयोजनाद्वारीगाउँका करिब ५सय घरधुरीले बाल्ने द्वारीगाड लघुजलविधुतको भवन केहि समय संचालनमा आए पनि प्राविधिक समस्याका कारण विचमा अवरुद भएको र हाल निर्माण कार्य चलिरहेको बेला एकाएक परेको अविरल बर्षाले भवन नै आधा बगाई दिएको स्थानिय उब्जन बोहराले बताउनुभयो ।
बर्षाले सोहि दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार पुन : काठेपुल हाल्दा गाडले बगाएरतिनजना घाईते भएका छन ।
घाईते हुनेमा सोहि गाउँका ४२ बर्षिया नर बहादुर बोहरा, ५५ बर्षिय वडा अध्यक्ष कम्मान बोहरा, ६५ बर्षका रिउल्या कठायत रहेका छन ।
दुईजनाको अवस्था सामान्य भए पनि नर बहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले बताउनुभयो ।
सोहि दिन किनाडा गाउँका स्थानिय गिरिस कठायतका खेत र घट्टहरु समेत बगाएको छ ।
।