सूचनाको शक्ति - The Power Of Information

        

यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो, संस्थानमा महङ्गो

बझाङ । बझाङमा पछिल्लो समय बजारमा खाद्य वस्तुको मूल्य अत्याधिक वृद्धि भईरहेको छ । त्यस्तै बजारमा पाइने चामलको मूल्यभन्दा नेपाल खाध्य संस्थानको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ ।

जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारको भन्दा संस्थानको चामल ३ रुपैँयाले महङ्गो भएको गुनासो आउन थालेको छ ।

बजारमा पाइने चामलको मूल्यभन्दा नेपाल खाध्य संस्थानको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो ।

नेपाल खाध्य संस्थानले विक्रि गर्ने चामलको प्रतिकेजी रु ३ को फरक परेपछि संस्थानको चामल नबिकेको जयपृथ्वी नगरपालिका – ११ भोपुरका सुरेन्द्र जोशीले बताउनुभयो ।

जोशीले भन्नुभयो, ‘पहिला पहिला चर्को घाममा संस्थानमा हामी दिनभर लाईन लागेर दुई दिन सम्म चामल पाउदैनथ्यौ । अहिले घरघर यातायातका साधनहरु घरघरमा पुगेपछी खाध्यान्न संस्थानमा जानु छाड्यौ ।

संस्थानको भन्दा सस्तो घरमै पुग्छन चामल’

मूल्य घटाउन संस्थानको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाध्य संस्थान बझाङका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताउनुभयो ।

पाण्डेले भन्नुभयो,‘सरकारी कार्यालयले कोरोना माहामारीमा राहात वितरण गर्ने बेला त लिएन्न । आज भोलीको त कुरै छोडौ । सरकारी कार्यालयको नाममा कारागार बाहेक अरु कुनै कार्यालयले पनि संस्थानमा आएर चामल लिदैन्न । संस्थानको कार्यालयमा पुग्नको लागि यातायातको पहुँच पनि छैन ।

अहिले घरघरमा यातायातका साधनहरु पुगेका बेला बोकेर कस्ले दुख गरेर चामल बोक्ने ? पायक पर्ने ठाउँमा संस्थानको कार्यालय नभएर पनि चामल विक्रिमा समस्या भएको छ । किन्न कोहि आउदैन्न । अहिले त कारागारमा चाहिने परिणाममा मात्र चामल मगाउने गरेको छु ।’

संस्थानको शाखा कार्यालय देवलबाट आर्थिक बर्षमा १ सय ५३ क्युन्टल चामल मात्र विक्रि भएको छ । बझाङ जिल्लामा शाखा कार्यालय र तिन वटा डिपो गरी चारवटा विक्रि केन्द्रमा सबै भन्दा बढी साईपाल गाउँपालिकाको काँडा डिपोबाट बर्षेनी ४ हजार क्युन्टल चामल विक्रि हुने गरेको छ ।

संस्थानको शाखा कार्यालय देवलबाट जिल्ला कारागार बझाङमा २०७७ सालमा १ सय ८१ क्युन्टल ८० केजी चामल र अन्य सर्वसाधारणलाई गरी तिन वटा डिपो र एक शाखाकार्यालय गरी चारवटा विक्रि केन्द्रबाट जम्मा ५ हजार ९१ क्युन्टल चामल मात्र विक्रि भएको संस्थानले जानकारी दिएको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । संस्थानको शाखा कार्यालय र डिपोमा देवल संस्थानको शाखाकार्यालय देवल, डिपो कार्यालय विसौना र तलकोटबाट प्रतिकेजी ४५ रुपैयाँ र काँडा डिपोबाट प्रतिकेजी ५० रुपैयाँमा अरुवा मोटो चामल विक्रि हुदै आएको छ ।

यही चामल बजारमा प्रतिकेजी ४२ रुपैयाँमा बिक्री हने गरेको उधोग बाणिज्यसंघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताउनुभयो । सुर्मेलिले भन्नुभयो, ‘संस्थानको चामल महोङ्गो पनि छ ।

संस्थानको शाखा कार्यालय सम्म यातायातका साधनहरु पुग्ने बाटो पनि छैन । संस्थानको चामल बजारको भन्दा ३ रुपैयाँले महङ्गो पनि छ ।’ अहिले संस्थानको शाखा कार्यालय देवल, काँडा, तलकोट, विसौना डिपोबाट चामल बिक्री भइरहेको छ ।

संस्थानको चामलको मुल्य महोङ्गो भएको जनगुनासो आएपनि संस्थानका प्रमुख पाण्डेले ‘केन्द्रबाटै निर्धारण भएर आएको चामलको मुल्य केन्द्रबाट परिपत्र नआउदा सम्म शाखामा तलमाथि तथा घटबढ गर्न नसकिने बताउनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ०८:०२