सूचनाको शक्ति - The Power Of Information

        

ट्युनिसियाका राष्ट्रपति साइदद्वारा प्रधानमन्त्री मोची वर्खास्त, विपक्षीद्वारा विरोध

एजेन्सी । ट्युनिसियाका राष्ट्रपति कैस साइदले प्रधानमन्त्री हिमच मोचीलाई वर्खास्त गर्नुभएको छ ।

ट्युनिसियाको संसद अन्त्य गरेर राष्ट्रपति साइदले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई वर्खास्त गर्नुभएको हो ।

कोरोना महामारी र अर्थ व्यवस्था सुधार गर्न नसकेको भन्दै लगातार सरकार विरोधी प्रदर्शनहरु भइरहेका बेला राष्ट्रपति साइदले सरकार विघटन गर्नुभएको हो ।

संसद अन्त्य गर्नुअघि राष्ट्रपति साइदले प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार प्रयोग गर्ने बताएलगत्तै सरकार विघटन गर्नुभएको हो ।

उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री वर्खास्त गरेको दावी गर्नुभयो ।

संसदको सबैभन्दा ठूलो दल एन्नाहदाले राष्ट्रपतिको उक्त कदम संविधानविरुद्धको क्रान्ति भएको जनाएको छ । पछिल्लो एक वर्षदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच विवाद हुँदै आएको थियो ।

प्रधानमन्त्री मोची गत वर्ष निर्वाचित हुनुभएको थियो भने संसद र राष्ट्रपति साइद सन् २०१९ मा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ०७:४७