सूचनाको शक्ति - The Power Of Information

        

नुहाउन गएका दाजुबहिनीसहित तीन जना डुबेर बेपत्ता

बर्दिया । बर्दियामा नदी तथा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई दाजुबहिनी र एक युवक छन् । प्रहरीका अनुसार गेरुवा गाउँपालिका–६ का १४ वर्षीय सञ्जीव विक र उनकी आठ वर्षीया बहिनी दिलमाया छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएको बताए । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनीहरु शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए ।

अर्का बेपत्ता हुनेमा राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी छन् । बेपत्ता तीनै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागे पनि फेला नपरेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १७:३०