सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता

बर्दिया । बर्दियाको कर्णाली नदीमा नुहाउन गएका दुई जना बालबालिका बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इप्रका पाताभारले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार ०९:४९