एजेन्सी । भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।
।