बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले यसै वर्षदेखि वितरण गर्ने गरी जयपृथ्वीप त्रकारिता पुरस्कारको स्थापना गरेको छ।
प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारमा नगद पैसा सहित कदरपत्र र दोसल्ला रहेको छ। पहिलो पटक यो पुरस्कार मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको दिन भदौ ७ गत प्रदान गरिनेछ।
त्यसका लागि प्रतिभा छनोटका लागि नेपाल पत्रकार महासंघ बझाङ शाखाका सचिव ललितबहादुर सिंहकोे संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन भएको छ।
समितिको सदस्यमा साईपाल एफ.एम.की समाचार प्रमुख तरुणा जोशी, पत्रकार महासंघका सदस्य अशोक खड्का, जनता टेलिभिजनका समाचारदाताआशिष सिंह, बझाङ एफ.एमका स्टेसन म्यानेजर प्रदिपम लासी रहेका छन ।
प्रत्येकवर्ष वितरण गरिने सो पुरस्कारमा जिल्लामा क्रियाशिल पत्रकारहरु महासंघको छनोट समितिले सिफारिस गरेका ३ जनालाई दिने भएका छन ।
पत्रकारिताको उद्गम स्थल मानिने बझाङ जिल्लाबाट गोरखापत्रको सम्पादकको रुपमाका मगर्नु भएको मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह एसियाकै दोस्रो गौतम बुद्वको रुपमा चिनिय पनि राज्यले सिंहलाई चिनाउनका लागि कुनै गतिविधि नगरेकोले नेपाल पत्रकार महासंघ बझाङ शाखाले सिंहको सम्मानका लागि उक्त पत्रकारिता पुरस्कार स्थापना गरेको नेपाल पत्रकार महासंघ बझाङ शाखाका सचिव ललितबहादुर सिंहले बताउनु भयो ।
हाल जयपृथ्वीबहादुर सिंहको नामबाट खोड्पे बझाङ जयपृथ्वी राजमार्ग, जयपृथ्वी बहुमुखी क्याम्पस, जिल्लाको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका,संचार क्षेत्रमा एउटा साप्ताहिक पत्रिका जयपृथ्वीपोष्ट र रेडियो जयपृथ्वीमात्र रहेका छन ।
सिंहलाई राष्टिय विभुति घोषणा गर्नको लागि केहि समय अघि हस्ताक्षर संकलन गरिएको भएपनि हाल सम्म कहिकतै सुनुवाई नभएको समेत सचिव सिंहले बताउनुभयो ।
।