सूचनाको शक्ति - The Power Of Information

        

दाइले विहे गर्न नमान्दा आत्महत्या !

काठमाडौं । चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरणमा प्रहरीले मृतककै दाजु नाता पर्ने एक जनालाई पक्राउ गरेको छ । सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको जानकारी दिएको छ । प्रहरीका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि विवाद सृजना भएको थियो । सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र सचिनले जे गर्छस् गर् भनेको खुलेको छ ।

असार ११ गते बेपत्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । अनुसन्धानको क्रममा दाजु बहिनी नाता पर्ने सुकदेव सुजिता काठमाडौं आएर छुट्टै एकसाथ बस्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ ।

दिदीको घर जान्छु भनी हिँडेकी सुजिता काठमाडौंमा केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाए पश्चात दुबै जना सँगै बसेको प्रहरीले जनाएको छ । विवाह गरी सम्भव भएसँगै विदेश जाने र सम्भव नभए अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिकाले ६ गते प्रहरीमा मुद्दा दर्ता गरेकी थिइन् । सुजिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१२ अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा ज्यानसम्बन्धी कसूर अन्तरगत दफा १८५ मा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १९:१९