सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ।

बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यस्तै राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयक सम्बन्धि समितीको प्रतिवेदन २०७८ पेश गर्नेछिन्।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ०८:४५