सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका ९८ जना सई इन्सपेक्टरमा बढुवा (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९८ प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन् । बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा बढुवा भएका हुन् ।

इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएको हो । यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ०८:४६