सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ४१ हजार नयाँ संक्रमित थपिए, ५१० जनाको मृत्यु

एजेन्सी । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ६९७ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५१० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १९ हजार २१ पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०८:५४