सूचनाको शक्ति - The Power Of Information

        

जसपा यादव पक्षले माग्यो सात मन्त्रालय, ठाकुर पक्ष पनि सरकारमा जाने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र पक्षले सरकारसाग् सात मन्त्रालय मागेको छ ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरुको लाइन भएको स्पष्ट पारे ।

यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रष्ट पारे । यता जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ ।

मन्त्रालय बाँडफँडको विषयमा सत्तारुढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा महन्थ ठाकुरले बुधबार भेट गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए । नागरिक

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०८:४६