काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड १९ का विरामी एक्कासि बढ्दै गएका छन् ।
अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम हुँदै गएको भए पनि पछिल्लो हप्तादेखि फेरि एक्कासि विरामी संख्या बढ्दै गएको छ । जुन युवा र मध्ये उमेर समूहमा लक्षित छ ।
“मानीसहको जमघटका काराणले कोरोना संक्रिमितको संख्यामा वृद्धि भइरहेको छ । ४० वटा साधारण बेड र २४ वटा आईसीयू बेड भरीसकेका छन्,” उहाँले भन्नुभयो ।
सम्भावित महाविपत्तिलाई रोक्नको लागि पहिलो र दोस्रो वेभको बीचको अन्तरालमा धेरै कुराहरुको तयारी आवश्यक रहेको बताउनुहुन्छ ।
तेस्रो लहरमा बालबालिका वढी जोखिममा हुनसक्ने उहाँ बताउनुहुन्छ । “तर अझै आमूल रुपमा कोभिड १९ कति बढ्छ भन्ने एकिन गर्न भने सकिन्न,” उहाँले भन्नुभयो “अभिभावकले यसलाई आतंकको रुपमा विश्वास नगरी बरु बालबच्चालाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अगाउनुपर्छ ।” गाेरखापत्र
।