सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा नहरमा डुब्दा दुई बालकको मृत्यु

काठमाडौं । चितवनमा नहरमा डुब्दा दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।

हिजो अपरान्ह चार बजे नहरमा हातगोडा धुन गएका उनीहरु चिप्लिएर नहरमा खसेपछि बेपत्ता भएका थिए ।

प्रहरीले उनीहरुलाई करिव दुई सय मिटर परबाट उद्धार गरी अस्पताल पु¥याएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषण गरेको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय चिवतनले वर्षातको समयमा नारायणी नदीलगायतका नदी, खोला, नहरहरुमा नजान स्थानीयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०८:१९