काठमाडौं । काँग्रेस सांसद अमरेश सिंहले सांसदबाट राजीनमा दिने घोषणा गरेका छन् । सर्लाहीबाट काँग्रेस उम्मेदवारका रुपमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिंहले पार्टीको क्रियाशील सदस्यता विवादमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
राजीनामा पत्र बुझाउन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले भने, ‘पार्टी सभापति तथा प्रधानमन्त्रीलाई राजीनामा दिन यहाँ (बालुवाटार) आएको छु ।’ उनले पार्टीका इमान्दार नेता कार्यकर्तालाई क्रिायशील सदस्यता नदिएर ठेकादारलाई दिएको भन्दै विरोध जनाउँदै आएका छन् ।
उनले इमान्दार कार्यकर्ताको क्रियाशील सदस्यता संरक्षण गर्न नसक्नेले अरु अधिकारको के रक्षा गर्छ भन्दै राजीनमा दिन लागेको बताए । काँग्रेसमा क्रियाशील सदस्यताको विषयले चरम विवाद निम्त्याएको छ । पूर्वराष्ट्रपति डा.रामबरण यादवका छोरा चन्द्र मोहन यादव क्रियाशील सदस्यता विवादकै कारण पार्टी कार्यालय सानेपामा अनशन बसिरहेका छन् ।
।