सूचनाको शक्ति - The Power Of Information

        

माधव समूहबाट भीम रावल अलग

काठमाडौं । लामो समेदेखि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्ष भीम रावलले माधव समूह छोडेका छन् । माधव समूहको बुधबार बानेश्वरमा बैठकमा रावल अनुपस्थित भएका छन् ।

एमालेको विवाद समाधान गर्न गठन गरिएको संयुक्त कार्यदलमा रावल माधव समूहका संयोजक थिए । सो कार्यदलले विवाद समाधानका लागि भन्दै १० बुँदे प्रस्तावमा सहमति पनि गरेको थियो । तर, सो सहमतिमा वरिष्ठ नेता नेपालले भने असहमति जनाएका थिए । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग रावल निकट देखिएका थिए ।

र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा रावलले सांसदबाटै राजीनामा घोषणा गरेका छन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । यस्तो अवस्थामा रावल माधव समूहको बैठक अनुपस्थित भएपछि उनले सो समूह त्यागेको स्पष्ट भएको छ । अध्यक्ष ओलीले रावललाई एमालेमा राम्रै भूमिका दिने बचन दिएपछि उनले माधव समूह त्यागेको चर्चा छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:४६