सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोना भाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ११:५०