सूचनाको शक्ति - The Power Of Information

        

८१ किलो गाँजासहित बाबुराम पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ८१ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ सिमपानीबाट ८१ किलो तीनसय ५० ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए । उनका अनुसार ना ८ ख ८२८४ नम्बरको ट्रकबाट गाँजासहित ट्रक चालकलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ११:४०