सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर बद्ली, धेरै ठाउँमा पानी पर्ने

काठमाडौं । काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

आज दिनभरि नै देशभरको मौसम पूर्ण बद्ली रहने छ । आज धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै भोलि पनि गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान छ ।

यस्तै आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने अनुमान गरिएको छ । बिहान सूचना निकालेर बाढी पूर्वानुमान महाशाखाले देशका धेरै नदी तथा खोलामा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने जनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०९:४१