सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताउनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री हुनुहुन्छ । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ ।

अन्य को–को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०९:३६