सूचनाको शक्ति - The Power Of Information

        

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ।

साउन ४ गतेदेखि जारी बैठकमा आज केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

हिजोको बैठकमा सात वटै प्रदेशका अध्यक्षले पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनीहरुले कार्यकर्ताहरूलाई प्रशिक्षण संचालन गर्नुपर्ने, पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार प्रसार गर्नुपर्ने, प्रतिकुल राजनीतिक अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी गराउनुपर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदको कारबाहीका विषयमा पनि छलफल गर्ने तयारी छ।

उनीहरुलाई सोमबारको बैठकले २४ घण्टे स्पष्टीकरण सोधे पनि कारबाही गरिसकेको छैन। यसैबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै छन्।

छलफलमा पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे छलफल गरी साझा धारणा तय गरिने बताइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०९:३३