सूचनाको शक्ति - The Power Of Information

        

खनाललाई देउवाको फोन- ‘सबै उपचार खर्च सरकारले व्यहोर्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताउनुभएको हो ।

अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न मंगलबार साँझ प्रधानमन्त्री देउवा खुमलटार आएको अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो ।

“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो । सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो ।

अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत हुनुहुन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०७:५९