सूचनाको शक्ति - The Power Of Information

        

मापदण्डविपरीत दाहालको सुरक्षामा सुरक्षाकर्मी थपियो

फाइल तस्वीर

काठमाडौं । सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगतै गृह मन्त्रालयले पटके निर्णय गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो ।

अघिल्लो सरकारले अति विशष्टि तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र शसस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो ।

पूर्वप्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना खटाउने मापदण्ड छ ।

तर गृहसचिव महेश्वर न्यौपानेले सचिवस्तरीय निर्णय गरी दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा थप प्रहरी खटाउन निर्देशन दिएका हुन् ।

सचिव न्यौपानेको निर्देशनलगतै शनिबारबाट डीएसपी विनोद घिमिरेको नेतृत्वमा थपि एक दर्जन प्रहरी दाहालको सुरक्षामा खुमलटार पुगेका छन् ।

उनको सुरक्षामा अब डीउसपीको गाडी अगुवा र शसस्त्रको गाडी पछुवाका रुपमा खटिनेछ । यो सुरक्षा निवर्तमान प्रधानमन्त्री  शर्मा ओलीको भन्दा बढी हो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०८:००