सूचनाको शक्ति - The Power Of Information

        

ओलीले स्पष्टीकरण सोधेपछि माधव पक्ष छलफलमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णयपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित उनी पक्षीय २२ जनाले विश्वासको मत दिएका थिए । ओलीले स्पष्टीकरण सोधेपछि सम्भावित रणनीति बनाउन तथा एकता प्रक्रिया र आगामी राजनीतिक यात्राबारे छलफल आयोजना गरिएको नेपाल निकट स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १८:०४