सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल नियुक्त

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् ।

समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

सभापति देउवाले काँग्रेसको विधानको धारा २५ (९) बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।

पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १०:२९