सूचनाको शक्ति - The Power Of Information

        

भारतको मुम्बइमा पहिरोमा परेर २० जनाको मृत्यु

एजेन्सी । लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा कम्तिमा २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घना बस्ती रहेको मुम्बई र आसपासका शहरमा लगातारको वर्षाका कारण कम्तिमा ११ वटा घर र पर्खालहरु क्षतिग्रस्त हुँदा कयौं घाइते भएका छन् ।

करिब २० करोड जनसंख्या रहेको सो क्षेत्रमा बाढीका कारण कयौं प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले घटनामा उद्दार तथा राहतका लागि कमि कमजोरी नहुने पनि जनाउनुभएको छ ।

मुम्बई र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएकाले रेलवे सेवा र अन्य सार्वजनिक सवारी सेवा प्रभावित भएका छन् ।

२४ घण्टामा २ सय मिलिलिटर वर्षा मापन गरिएको छ । भारतमा यसअघि सन २००५ मा २४ घण्टामा ९४४ मिलिलिटर वर्षा भएको थियो ।

भारतीय मौसमविद्हरुले वर्षा अझै केही दिन जारी रहने भन्दै थप सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०८:२८