सूचनाको शक्ति - The Power Of Information

        

पहिलो ठूलो फ्लोर क्रस

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो ।

संघीय संसदको  यो नै पहिलो फ्लोर क्रस हो । यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्ीअ महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए ।

यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०७:३०