सूचनाको शक्ति - The Power Of Information

        

विश्वासको मतमा राप्रपा तटस्थ : राप्रपा सांसद लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभामा तटस्थ बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रममा राप्रपा तटस्थ बस्ने भएको हो । सांसद राजेन्द्र लिङ्देनले दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राप्रपा तटस्थ बस्ने बताएका छन् ।

राप्रपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि प्रतिनिधि सभामा विश्वासको मत दिएको थियो । राप्रपाका एक्ला सांसदले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । सो पार्टीका स्वतन्त्र हैसियतका सांसद राजेन्द्र लिंदेनले पार्टीले देउवालाई विश्वासको मत नदिने र स्वतन्त्र बस्ने प्रतिनिधिसभामा जानकारी गराए ।

सांसद लिंदेनले केही छिनमै प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना भने दिए । उनले राम्रो काम गरेर जनताको मनमा बस्न आग्रह गर्दै नराम्रो काम चाहिँ गर्दै नगर्न सचेत गराए । उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार २०:५३